Shittalpati
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो

पाल्पा, पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा रैनादेवी छहराका १, तानसेनका २ र रामपुरका ५ जनामा कोरोनाको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु सबै समुदायस्तरका रहेको जनाइएको छ । उनीहरुको अवस्था सामन्य रहेको छ ।

जिल्लामा देखिएका संक्रमित मध्ये ६ सय ७७ जना निको भई घर फर्किएका छन् । अहिले सक्रिय कोरोना संक्रमितको संख्या ७६ रहको छ ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update