Shittalpati
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए

पाल्पा । नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको बताएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार १२ हजार ९ सय ७८ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ६१ हजार ६ सय ६४ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ५ सय २९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ७ सय ७३ जना संस्थागत आइसोलेशनमा रहेका छन् । अहिले ४ हजार २७३ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update