Shittalpati
भारतबाट फर्किएकाको स्वाब संकलन

पाल्पा । माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए । गाउँपालिकामा हालसम्म ९ सय ३ जनाको कोरोना परीक्षण भइसकेको छ । जसमध्ये ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ८ सय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकामा निको हुनेको संख्या ३८ रहेको छ । कोरोना भाईरस समुदायस्तरमा फैलिन नदिन गाउँपालिकाले ५ वेडको आइशोलेसन अस्पतालसँगै २५ वेडको क्वारेन्टाइन समेत निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन विभिन्न क्षेत्रका अंग्रपड्ढतीमा रहेर काम गर्ने कर्मचरी, जनप्रतिनिधि समाज सेवीहरुको समेत परीक्षण गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update