
पाल्पा । नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत बिहीबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए । रुघाखोकीसंगै ज्वरो आएपछि राना शनिबार काठमाडौं गएका हुन् । स्टार अस्पतालमा भर्ना भएपछि उनको स्वाब संकलन गरिएको स्रोतले जनाएको छ ।
बैठकमा उनी सहित नेकपाका १० जना नेताहरु सहभागी रहेको नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नारायण आचार्यले बताए । उनले भने ‘बैंठमा सहभागी सबै साथीहरु सामाजिक दुरी कायम गरेरै बसेका हौं, हामीहरुमा त्यस्तो कुनै समस्या छैन् ।’ बैठकमा सहभागी सबै जिल्लाका नेताहरु होमक्वारेन्टाईनमा बसेका छन् ।