Shittalpati
पाल्पामा विहिबार रामपुरका ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पाल्पा,जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । रामपुर अस्पतालमा कार्यरत एक जना डाक्टर र ५ जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थप्रसाद ढुङ्गनाले बताए । उनका अनुसार संक्रमित सबै अस्पतालको आइशोलेसनमा रहेको र अवस्था सामन्य रहेको छ । जिल्लामा विहिबार थपिएका ६ जना संक्रमितसँगै कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका २६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।

अहिलेसम्म जिल्लामा कूल संक्रमितको संख्या ८ सय ८ सय १ पुगेको छ । जसमध्ये १ सय ९१ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् । संक्रमण देखिएका व्यक्ति मध्ये ७ सय १० जना निको भएर घर फर्किएका छन्, भने ८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ । बुधबार मात्र १२ जनामा कोरोना संक्रमण देखिएको थियो । माथागढी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ र लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरिएका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update