Shittalpati
बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री

पाल्पा । आधुनिक नेपाल पाल्पाले निरन्तर स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आधुनिक नेपाल संस्थाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरेर बगनासकाली वडा ९ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो । संस्थाले पिपिई ८ सेट, पिपिई चस्मा ८ सेट, सेनिटाईजर ६ लिटर, एननाइटीफाइप माक्स ४० पिस र गलभ्स १ सय पिस लगायतका सामानहरु हस्तान्त्रण गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर तिमिल्सिनाले आजको यो स्वास्थ्य संक्रमणको समयमा एक अर्काको साथ, सहयोग र सहकार्यले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले आफ्नो स्वास्थ्य चौकीमा निरन्तर खटिरहेका स्वास्थ्यकर्मीको लागि सुरक्षित स्वास्थ्य सामाग्रीको अभाव रहेको बेला आधुनिक नेपाल पाल्पाले उपल्बध गराएको सामाग्रीले स्वास्थ्यकर्मीहरुलाई निरन्तर स्वास्थ्य सेवामा खटिनको लागि आत्मबल प्रदान गरेको भन्दै संस्थालाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष कृष्ण भुसाल, संस्थाको वर्तमान अध्यक्ष तुलसा राना लगायतले अहिलेको स्वास्थ्य संक्रमणको यो अवस्थामा व्यक्तिगत र सामुदायिक स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने बताए । यो संस्था २०७३ सालमा स्थापना भई पाल्पालाई कार्यक्षेत्र बनाई विभिन्न सामाजिक क्रियाकलापहरुमा अग्रसर हुँदै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update