Shittalpati
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो

पाल्पा । जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये ६ जना पुरुष र ६ जना महिला रहेका छन् । तानसेनमा देखिएका ९ जना मध्ये वडा नम्वर १४ का ८ जना र वडा ७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको तानसेन नगरपालिकाका स्वास्थ्य संयोजक झपेन्द्र न्यौपानेले बताए ।

उनका अनुसार सबै समुदायस्तरका रहेका हुन् । उनीहरुको अवस्था अहिले सामन्य रहेको छ । थपिएका १२ जना संक्रमितसँगै जिल्लामा कूल संक्रमितको संख्या ७ सय ६९ पुगेको छ । जसमध्ये एक सय ७१ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् । संक्रमण देखिएका व्यक्ति मध्ये ६ सय ९५ जना निको भएर घर फर्किएका छन्, भने ७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका २० जना स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भएका छन् । पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update