Shittalpati
भारतमा घट्दो क्रममा कोरोना

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् । यससँथै भारतमा समग्र कोरोना संक्रमितको संख्या ६६ लाख ८५ हजार ८३ पुगेको छ । यद्यपी पछिल्लो ६ दिनमा भारतमा निरन्तर कोरोना नयाँ संक्रमित घट्न थालेका छन् । यसअघि सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार त्यसअघिको २४ घण्टामा ७४ हजार ४ सय ४२ नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै आइतबार यो संख्या ७९ हजारभन्दा बढी थियो । शुक्रबार ८६ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका थिए । यसले भारतमा कोरोना संक्रमण निरन्तर घट्दो क्रममा रहेको देखिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update