Shittalpati
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो

पाल्पा,जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार माथागढी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ र लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरिएका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ८ जना महिला र ४ जना पुरुष रहेका छन् । लुम्बिनी मेडिकल कलेज प्रभासमा देखिएका ८ जना अस्पतालबाटै स्वाब संकलन गरी पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनीहरुको अवस्था अहिले सामन्य रहेको छ । थपिएका १२ जना संक्रमितसँगै जिल्लामा कूल संक्रमितको संख्या ७ सय ९५ पुगेको छ । जसमध्ये एक सय ८५ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् । संक्रमण देखिएका व्यक्ति मध्ये ७ सय १० जना निको भएर घर फर्किएका छन्, भने ८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका २० जना स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भएका छन् । पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ । मंगलबार मात्र १४ जनामा कोरोना संक्रमण देखिएको थियो । पूर्वखोलाका ३ जना महिला र ९ जना पुरुष गरी १२ जना, रिब्दीकोट गाउँपालिकाका १ जना पुरुष र तानसेन नगरपालिकाका १ जना पुरुष कोरोना संक्रमित भएका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update