जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु
बुधबार, पुस ३०, २०८२
काँग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व छान्न आजै मतदान हुने, सुरू भयो मनोनयन दर्ता
मंगलबार, पुस २९, २०८२
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । यति बेला नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको हो ।
ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा सल्यानका ९ जनाको मृत्यु
मंगलबार, पुस २९, २०८२
भारतको हिमाचल प्रदेशको सोलानस्थित अर्कीमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको ज्यान गएको छ । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो ।
ऋणको सदुपयोग आवश्यक
मंगलबार, पुस २९, २०८२
नेपालको सार्वजनिक ऋण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४५ दशमलव ६६ प्रतिशत पुगिसकेको छ ।
ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता
मंगलबार, पुस २९, २०८२
अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् ।
२८ औं भूकम्प दिवस मनाइँदै
मंगलबार, पुस २९, २०८२
सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
काँग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयन हुने
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो ।
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो
सोमबार, पुस २८, २०८२
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए ।
समानुपातिक प्रणालीको सुधार गर
सोमबार, पुस २८, २०८२
समानुपातिक प्रणालीले नेपालको विविधता र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य बोकेको भए पनि व्यवहारमा यो दलका शक्तिशाली पात्र र पहुँचवालाको स्वार्थपूर्तिको माध्यम बन्दै गएको छ ।
एनसेलले ल्यायो जेनजी लक्षित ‘युवा सिम’
सोमबार, पुस २८, २०८२
एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । एनसेलले विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न कम्पनीको यो प्याक ल्याएको हो ।
बुद्ध भगवानको जन्मबिन्दुकोे मौन साक्षीः ‘जन्मस्मारक शिला’
सोमबार, पुस २८, २०८२
मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’लाई केही वर्षअघि संसारसामु सार्वजनिक भएसँगै बुद्धको जन्मस्थलका बारेमा विश्वभर चलिरहेका सबै प्राज्ञिक बहसमा सदाका लागि ‘पूर्णविराम’ लाग्यो । आज त्यही ढुङ्गा शाक्यमुनि बुद्धको जन्मको निर्विवाद ऐतिहासिक साक्ष्यको रुपमा पुजित छ ।


