मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौँ
शनिबार, असोज २४, २०८३
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस
शुक्रबार, असोज २३, २०८३
‘एउटा हुलाक सञ्जाल, असीम सम्भावनाहरू’ भन्ने नाराका साथ पाल्पामा १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला हुलाक कार्यालय पाल्पाले सेवाग्राहीलाई स्वागत, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सेवानिवृत्त कर्मचारी र सञ्चारकर्मीलाई सम्मान, फरक क्षमता भएका विद्यार्थीलाई खाद्यान्न सहयोग तथा कार्यालय परिसर सरसफाइ गरी दिवस मनाएको हो ।
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव
शुक्रबार, असोज २३, २०८३
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीनदिने ‘दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव–२०८३’ विविध रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
पोखरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते
शुक्रबार, असोज २३, २०८३
पोखरा महानगरपालिका–२८ कालिका ओख्लेको भीरस्थित सडकमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख १४१७ नम्बरको बस शुक्रबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
वर्षा रोकियो, डर रोकिएन्
शुक्रबार, असोज २३, २०८३
असोज ९ गते रातको करिब १ः०० बजेको थियो । एक्कासी घर तलबाट ठूलो बेगले ड्याङ्डुङ आवाज आयो । निद्रामा रहेका रिब्दीकोट गाउँपालिका सिरुखर्कका मीनबहादुर थापा ड्याङडुङको आवाज सुनेपछि निद्राबाट ब्युझिँए ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, धादिङ, ललितपुर र काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
आज विश्व हुलाक दिवस मनाइँदै
शुक्रबार, असोज २३, २०८३
आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर ९ तारिखका दिन मनाइने यो दिवस नेपालसहित विश्वरभर मनाउन लागिएको हो ।
पहिले आफ्नो इतिहास चिनौँ, अनि संसारलाई तानसेन चिनाऔँ
शुक्रबार, असोज २३, २०८३
कुनै दिन एउटा बालक आफ्नै शहरको पुरानो गल्ली हुँदै विद्यालय जान्छ बाटोमा एउटा पुरानो घर देख्छ काठका कलात्मक झ्याल छन ढुंगाका पर्खाल छन् पुरानो ढोका छ ऊ त्यही घरको छेउबाट वर्षौ हिड्छ तर उसलाई थाहा हुँदैन उसले देखिरहेको त्यो घरभित्र कति पुस्ताको कथा लुकेको छ ।
विश्व हुलाक दिवसको सन्दर्भ
शुक्रबार, असोज २३, २०८३
आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा यो दिवस मनाउने गरिन्छ । सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।
बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
बिहीबार, असोज २२, २०८३
दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैनथे ।
आज विश्व दृष्टि दिवस मनाइँदै
बिहीबार, असोज २२, २०८३
आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।
आँखाको सुरक्षामा ध्यान दिऊँ
बिहीबार, असोज २२, २०८३
शरीरको सबैभन्दा संवेदनशील अंग आँखा हो । संसारलाई हेर्ने, बुझ्ने र दैनिक जीवनका असंख्य गतिविधि सहज रूपमा सञ्चालन गर्ने आधार नै दृष्टि हो ।


