पाल्पा उद्योग वाणिज्य संघको ७२ औँ साधारण सभा
सोमबार, असोज १२, २०८३
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
सोमबार, असोज १२, २०८३
प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
सोमबार, असोज १२, २०८३
विश्व रेबिजविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
सूचनाको पहुँच सबैमा पुर्याऔं
सोमबार, असोज १२, २०८३
सूचना आजको समाजको शक्ति हो । मानिसले सही सूचना पाएर आफ्नो धारणा निर्माण गर्छ, निर्णय लिन्छ र सामाजिक, आर्थिक तथा राजनीतिक जीवनमा सक्रिय सहभागिता जनाउँछ ।
२५ वर्षको यात्रामा मणिमुकुन्द सहकारी : बचतदेखि सामाजिक सुरक्षासम्म
सोमबार, असोज १२, २०८३
कुनै सहकारीको सफलताको कथा केवल त्यसले कति रुपैयाँ बचत गर्यो वा कति ऋण लगानी ग¥यो भन्ने अंकमा मात्र सीमित हुँदैन । त्यससँग जोडिएका सदस्यका आवश्यकता, संकटका बेला पाएको साथ, सानो बचतबाट बनेका ठूला सपना र संस्थाप्रतिको विश्वासले पनि सहकारीको यात्रा मापन गर्छ । यही यात्राको २५ वर्ष पूरा गरेको छ...
आजदेखि सोह्रश्राद्ध सुरु
सोमबार, असोज १२, २०८३
हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पितृकार्यअन्तर्गत पर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म मनाइने सोह्रश्राद्धका क्रममा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहेको छ ।
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने
सोमबार, असोज १२, २०८३
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा पदमराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको समाजको प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आज विश्व पर्यटन दिवस मनाइँदै
सोमबार, असोज १२, २०८३
विश्वभर आज विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । पर्यटनको महत्व, यसको सामाजिक–आर्थिक योगदान तथा दिगो पर्यटन प्रवद्र्धनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
पर्यटनको विकासका लागि ठोस पहल आवश्यक
सोमबार, असोज १२, २०८३
हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।
पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो
आइतबार, असोज ११, २०८३
पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
पाल्पामा पहिरोको वितण्ड : दुई जनाको मृत्यु , तीन जना वेपत्ता
आइतबार, असोज ११, २०८३
तीन दिनदेखि जारी अविरल वर्षाका कारण पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङस्थितकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए ।


