Shittalpati
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम 
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम  महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा २ र ३ का महिला दिदीबहिनीहरुको सहभागितामा रामपुर वडा २ मा एक दिने सचेतना कार्यक्रम भएको हो ।
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो । 
बालिका हत्या आरोपी खाँ जेल चलान
बालिका हत्या आरोपी खाँ जेल चलान गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् ।  चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् । 
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका  १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
नौमती बाजा बजाउँदै गुल्मीका महिला
नौमती बाजा बजाउँदै गुल्मीका महिला गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउने मध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् ।
चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह
चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।
रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव
रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा दुई दिने न्वागी महोत्सव सकिएको छ । मेलामा नयाँ धान देवतालाई चढाउनुुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी न्वागी मेला सकिएको हो ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
यी प्रदेशमा हल्का वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु  भएको छ ।
आज गुरु नानक जयन्ती मनाइँदै
आज गुरु नानक जयन्ती मनाइँदै प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु आज कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ । यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।
 लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने हाम्रो अडान हो : सभापति पुन
 लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने हाम्रो अडान हो : सभापति पुन नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने काँग्रेसको अडान रहेको बताएका छन् ।
Weather Update