Shittalpati
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु  भएको छ । सोमबार बिहान तम्घासबाट जगिथुमतर्फ जाँदै गरेको लु ८७ प ९८१ नम्वरको मोटरसाइकल र सिमलटारीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्वरको बस एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

 मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–४ जगिथुमका २१ बर्षीय विवेक झाँक्री मगर रहेको वडा अध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको  जिल्ला अस्पताल गुल्मीमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन  । मृतक झाँक्री तम्घासको महेन्द्र मावि कक्षा १२ मा अध्ययन विद्यार्थी हुन । उनी पढेर घर फर्कदै गर्दा दुर्घटनामा परेका हुन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update