Shittalpati
एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय 

पाल्पा, एसक्यूसिको १७ औं राष्ट्रिय सम्मेलनमा  पाल्पाको सेन्ट कपितानियो स्कुलकी छात्रा विनुमाया ढेगा कथा लेखन प्रतियोगितामा तृतीय भएकी छन् । क्वेष्ट नेपालको आयोजना र स्मल हेवेन मोडेल स्कुल चितवनको सहकार्यमा भएको  प्रतियोगितामा ढेंगा तृतीय भएकी हुन् । 

सम्मेलनमा सेन्ट कपितानियो स्कुलका ५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा विनु माया ढेंगा, सुयोग आचार्य, संज्ञा लक्ष्मी खड्का, स्वेच्छा मल्ल र आर्जन भट्टराई रहेका थिए । एसक्यूसि विद्यार्थी गुणीय चक्रले विद्यार्थीहरुमा रहेका अन्तर्निहित प्रतिभाहरुलाई सहकार्यको माध्यमबाट बाहिर ल्याउने, विद्यालय तथा विभिन्न कार्यक्रमहरुमा प्रस्फुटन मद्दत गर्दै आएको छ ।सम्मेलनमा सहभागी विद्यार्थीहरुलाई विभिन्न केस स्टडी प्रिजेन्टेसन, कथा लेखन, हाजिरीजवाफ प्रतियोगिता, कोलाज मेकिङ, आर जे, वाइल्ड लाइफ कन्जरबेसन, मेडीटेशन आदि क्रियाकलापहरुका प्रयोगात्मक अभ्यास गराइएको थियो  । यस्ता क्रियाकलापले विद्यार्थीहरुमा सिक्ने र सिकाउने प्रवृत्तिको विकाससँगै सहकार्य गर्ने क्षमताको विकासमा वृद्धि हुने सेन्ट कपितानियो स्कुलका  एसक्यूसी सहजकर्ता कृष्ण खत्रीले बताए । 


    कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई विद्यालयकी प्रिन्सिपल सिस्टर एनिस जोसेफले प्रशंसा पत्र, मायाको चिनो तथा पुरस्कार वितरण गरिन । सम्मेलनमा सहभागी विद्ययार्थीहरूले विद्यालयले सुनौलो अवसर प्रदान गर्दै धेरै कुराहरु सिक्ने र जान्ने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।  सम्मेलनमा देशभरीबाट निजी तथा सामुदायिक गरी  ६१ विद्यालयहरुको सहभागिता रहेको थियो । सम्मेलनमा  पाल्पाबाट सेन्ट कपितानियो स्कूल, माउन्ट भ्याली, पाल्पा प्यारागन र बेथल स्कूल गरी ४  विद्यालयहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update