रानीमहल सहकारीले मनायो १७ औं साधारणसभा
शनिबार, मंसिर २७, २०८२
तानसेनमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ४ विधाका ६६ खेलमा प्रतिष्पर्धा हुँदै
आइतबार, मंसिर २१, २०८२
जिल्लाको तानसेनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा आजदेखि सातौं नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
युवा पलायन रोक्न रेसुङ्गामा ‘मिसन रोजगारी’ कार्यक्रम
शनिबार, मंसिर २०, २०८२
जिल्लाको रेसुङ्गा नगरपालिकाले युवा पलायन रोक्न ‘मिसन रोजगारी’ कार्यक्रम सञ्चालन गरेको छ । युवाहरूको वैदेशिक पलायन र उद्यमीबीचमै पलायन हुने अवस्थाको अन्त्य गर्न सो कार्यक्रम ल्याइएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । उनका अनुसार दायित्वको सहकार्यमा १ सय ८० दिनको परिणाम प्राप्त गरिसक्ने गरी उक्त कार्यक्रम तीन चरणमा सञ्चालन गरिुएको...
अपाङ्गता भएकाहरुलाई परिचयपत्र र सहायता सामग्री
शुक्रबार, मंसिर १९, २०८२
जिल्लाको रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको छ । नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यहाँका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र र सहायता सामग्री दिएको हो ।
नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव
आइतबार, मंसिर १४, २०८२
तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो ।
संख्यामा हैन गुणस्तरमा अब्बल बन्दै ‘पद्य पब्लिक’
शुक्रबार, मंसिर ५, २०८२
सामुदायिक विद्यालयको रुपमा सञ्चालित पाल्पाको पद्य पब्लिक नमूना माध्यमिक विद्यालय पछिल्लो समय शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २००४ सालमा स्थापना भएको विद्यालयले संख्यात्मक भन्दा पनि गुणस्तरमा अब्बल बन्दै गएको हो ।
किशोरकिशोरीमा ‘बृहत् यौनिकता शिक्षा’ आवश्यक
बिहीबार, मंसिर ४, २०८२
किशोरकिशोरीहरुमा बृहत्त यौनिकता शिक्षा आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् । किशोरावस्था भावनामा बहकिने, के सही र के गलत छुट्याउन नसक्ने संवेदनशील उमेर भएकाले जथाभावी बहकिन नदिन र सही निर्णय लिन सक्ने बनाउन यौनिकता शिक्षा आवश्यक रहेको औल्याइएको छ ।
तानसेन सहकारीले मनायो १७ औं साधारणसभा
आइतबार, कात्तिक ३०, २०८२
तानसेन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साधारणसभा मनाएको छ । २०६५ सालमा स्थापना भएको सहकारीले विविध कार्यक्रम गरी १७ औं साधारणसभा तानसेनमा मनाएको हो ।
तानसेनमा लायन्स क्लवद्वारा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण
शनिबार, कात्तिक २९, २०८२
जिल्लाको तानसेनमा मजदुरहरुको निःशुल्क मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लब अफ पाल्पा विपना सित्तलपाटीले विश्व मधुमेह दिवसको अवसरमा तानसेन–६ बसपार्कमा ज्याला मजदुर र यातायात मजदुरहरुको मधुमेह परीक्षणसँगै सचेतना कार्यक्रम गरेको हो ।
मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन
शुक्रबार, कात्तिक २८, २०८२
युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु गरिएको छ । तानसेन नगरपालिका–१ मिसनमा रहेको अस्पतालले शुक्रबादेखि आधुनिक सिटी स्क्यान मेसिनबाट बिरामीहरूलाई सेवाको शुभारम्भ गरेको हो ।
पाल्पा प्यारागनमा सांस्कृतिक तथा खाना महोत्सव
शुक्रबार, कात्तिक २८, २०८२
जिल्लाको तानसेनमा सञ्चालित पाल्पा प्यारागन इङ्लिश बोर्डिङ स्कूलले सांस्कृतिक तथा खाना महोत्सव आयोजना गरेको छ ।
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
बुधबार, कात्तिक २६, २०८२
जिल्लामा ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । यहाँको मदाने गाउँपालिका–४ म्यालपोखरीमा ट्याक्टरबाट खसेर सोही स्थानका २४ वर्षीय अनिल कुँवरको मृत्यु भएको हो ।
रामपुरका सहकारीलाई लेखा व्यवस्थापन तालिम
मंगलबार, कात्तिक २५, २०८२
जिल्लाको रामपुर नगरपालिका भित्रका सहकारीहरुलाई आधारभूत लेखा व्यवस्थापन तालिम दिइएको छ । सहकारीको लेखालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले रामपुर नगरपालिका सहकारी शाखाले पाँच दिने तालिम दिएको हो ।

