पाल्पा,नेपाली काग्रेस पाल्पाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । काँग्रेसले पाल्पा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ सन्दिप राना र समानुपातिकतर्फ कृष्ण प्रसाद अधिकारीलाई सिफारिस गरेको छ । क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ वर्तमान लुम्बिनी प्रदेस सदस्य विर बहादुर राना, पार्टी सभापति हिमालदत्त श्रेष्ठ, मिना पन्थी, कृष्ण प्रसाद बस्याल र डा. महेश्वरी कुवँरलाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ राजन प्रसाद पन्त, सुनिता अधिकारी, बसन्ती घिमिरे र जमिला मिया रहेका छन् ।
पाल्पा क्षेत्र नं. १ का क्षेत्रीय सभापति झमन राजमगरको अध्यक्षतामा र पाल्पा क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसीको सभापतित्वमा बसेको बैठकले जिल्लाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम अनुमोदनको लागि जिल्ला तथा प्रदेशमा सिफारिस गरेको हो । यस अघि २०७९ निर्वाचनमा काँग्रेस सहितको गठबन्धका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पराजित गरेका थिए । पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेका नारायण प्रसाद आचार्यसँग नेपाली काँग्रेसका ज्ञान बहादुर गाहा पराजित भएका थिए भने पाल्पा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेसँग नेकपा समाजवादीका सोम प्रसाद पाण्डे पराजित भएका थिए ।


