Shittalpati
पाल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुुधार, पायो ६७ प्रतिशत अंक

पाल्पा, न्युनतम सेवा मापदण्डको आधारमा जिल्ला अस्पताल पाल्पाले ६७ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले सो अंक पाएको हो ।

यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । अघिल्लो वर्षको मापन अनुसार ६४ प्रतिशत रहेकोमा अहिले ३ प्रतिशत बढेको हो । २०८० मा भने ५४ प्रतिशत अंक अस्पतालले पाएको थियो । अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिरङ्ग सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा अस्पतालले यस वर्ष कुल ६७ प्रतिशत अङ्क अर्थात् ६०२ नम्वर  प्राप्त गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको छ ।

 

पाल्पा अस्पतालको आयोजनामा सोमबार तानसेनमा भएको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत पाल्पा अस्पतालको अनुगमन मूल्याड्ढन तथा समिक्षा कार्यक्रममा  प्रदेश  स्वास्थ्य निर्देशनालयका डा. अक्षुत  शर्मा न्यौपानेले उक्त तथ्याड्ढ प्रस्तुत गरेका थिए । उनले गत वर्षका केही सीमाहरुलाई फलो गरेको र सेवा थप विस्तार भएका कारण ३ प्रतिशत  अंक वृद्धि भएको बताए । न्यौपानेले नतिजामा सुधार देखिए पनि अझै धेरै काम गर्न  बाँकी रहेको उल्लेख गरे । उनले अस्पताल सञ्चालन गर्ने बार्षिक योजना बनाउनुपर्ने, लाइब्रेरी प्रभावकारी बनाउनुपर्ने,जनशक्तिहरुको सिप ख्याल गर्नु पर्ने, भवन निर्माण  गर्नुपर्ने, अस्पतालको भवन अपाङ्ग, जेष्ठ नागरिक र सुत्केरी मैत्री हुनुपर्ने, प्राइभेसिलाई ध्यान दिनुपर्ने, ओपिडी दर अनुसार भर्ना दर मिल्नुपर्ने,क्षयरोगका बिरामीहरुलाई छुट्टै राख्नु पर्ने, अस्पताल परिसरमै बल्ड बैंक राख्नु पर्ने, शव वाहनको ब्यवस्था गर्नु पर्ने लगायतका विषयहरुमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले विगतका वर्षमा भन्दा पाल्पा अस्पतालको सेवामा सुधार हुँदै गएको बताए । 

उनले आगामी दिनमा अझै अस्पतालको सेवालाई थप गुणस्तर र सहज बनाउँदै  लैजान अस्पतालाई आग्रह गरे । मन्त्री सारुले स्वास्थ्यका मापदण्डहरुलाई पालना गरेर काम गर्न सके स्वास्थ्यमा व्यापक सुधार गर्न सकिने बताए । उनले  अस्पतालको भौतिक संरचना निर्माणमा प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरेको बताए । मन्त्री सारुले अस्पतालको भवन निर्माणका लागि आफु प्रतिवद्ध भएर लागेको उल्लेख गरे । लुम्बिनी प्रदेश सांसद इन्द्रा गहतराजले अस्पतालको विकासमा प्रदेश सरकारबाट बजेटको अभाव हुन नदिने बताइन् । कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, अस्पताल विकास समितिका पूर्व अध्यक्षहरु गुराँस आत्रेय,डा. पुरन बज्राचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेना लगायतले अस्पतालको सेवालाई थप चुस्त र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । उनीहरुले स्वास्थ्य संवेदनशील विषय भएकाले अस्पतालको विकासमा आफुहरुको सहयोग सधैव रहने बताए । अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्मचार्यले मूल्याड्ढनमा आफुहरु क्रशम : उत्कृष्ट बन्दै गएको बताए । उनले मानविय र सेवा प्रवाहमा उत्तम बन्न स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरे ।आफ्नो जिम्मेवारी जे हो त्यही गरेमा अवश्य सफलता प्राप्त हुने उनको भनाई छ ।

अध्यक्ष कर्मचार्यले छिट्टै भवन निर्माणका लागि जग्गाको व्यवस्थापन  गर्ने गरी आफुहरुले काम गरेको  बताए । कार्यक्रममा अस्पतालका निमित्त मेसु डा. राजेन्द्र पौडेलले अस्पतालले गरेका गतिविधि र भावी योजना प्रस्तुत गरेका थिए । अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्वपूर्ण भूमिकाका कारण विगतमा भन्दा केही सुधारको  नतिजा आएको उनले बताए । पौडेलले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सहसचिव दिलिप घिमिरे, तानसेन नगरपालिकाका जनस्वास्थ्य  निरीक्षक चन्द्रतारा बस्याल लगायतले अस्पतालका लागि सुझाव दिएका थिए । अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्मचार्यको अध्यक्षता, नर्स विभाग प्रमुख लक्ष्मी जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो । अस्पतालले सोही दिन नै ल्याव कल्चरको सेवा समेत सञ्चालन गरेको छ । सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update