Shittalpati
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु  

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका –४ चिउरीबासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नवलपरासी पुर्व अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ गईरहेको  लु १ ज ३९०८ नम्वरको फोर्स जिप आज विहान १० बजेको समयमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले  जानकारी दिए ।दुर्घटनामा ८ जना घाईते भएका छन् ।

दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत हुन नसकेको शव पहिचानको लागि विभिन्न पक्षसँग सोधखोजको काम भईरहेको सूचना अधिकारी चौधरीले बताए । दुर्घटनास्थलबाट  उद्धार गरिएका ८ जना घाईतेहरुको  मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ । जिप सडकबाट करीव ३ मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update