Shittalpati
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

गुल्मी, जिल्लामा ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । यहाँको मदाने गाउँपालिका–४ म्यालपोखरीमा ट्याक्टरबाट खसेर सोही स्थानका २४ वर्षीय अनिल कुँवरको मृत्यु भएको हो ।  

म्यालपोखरीको बी.पी. चोकदेखि पुर्कोटदह जाने क्रममा लु ३ त ७७३८ नम्बरको ट्याक्टरबाट खस्दा कुँवरको गम्भीर घाइते भएका थिए । चालक २२ वर्षीय सुशील कुँवरले मादक पदार्थ सेवन गरेका थिए ।

दुर्घटना मंगलबार राति  भएको थियो । घाइते अनिललाई उपचारका क्रममा गुल्मी अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । चालक प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update