Shittalpati
धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै
धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै जिल्लाको धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै गएको छ । गाउँपालिकाले सहकारी मार्फत जिउँदो खसी बोकाको निर्यात गरिहेको छ । धुर्कोट गाउँपालिकाले अहिलेसम्म कुल पाँच लाख ८२ हजार बराबरको जिउँदो खसी बोका विक्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । धुर्कोटमा
गुल्मीको रेसुङ्गामा पौवा रिसोर्ट सञ्चालन
गुल्मीको रेसुङ्गामा पौवा रिसोर्ट सञ्चालन गुल्मीको ऐतिहासिक, धार्मिक एवम पर्यटकीय स्थल रेसुङ्गामा होटल पौवा प्रालिले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको छ । रेसुङ्गामा सोमबार पत्रकार सम्मेलन गरी पौवा रिसोर्ट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
कुमारी बैंकले ल्यायो नयाँ कर्जा सुविधा
कुमारी बैंकले ल्यायो नयाँ कर्जा सुविधा कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि नयाँ कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
तिहारमा भारतबाट फूल नल्याइने
तिहारमा भारतबाट फूल नल्याइने बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ ।
नेपालको कृषि विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
नेपालको कृषि विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सिर्जना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय...
यु.के समाज पाल्पाद्वारा क्यान्सर पीडित बालिकालाई सहयोग
यु.के समाज पाल्पाद्वारा क्यान्सर पीडित बालिकालाई सहयोग पाल्पा जिल्ला यु.के समाजले ब्लड क्यान्सरबाट पीडित एक बालिकाको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेको छ । समाजले बगनासकाली गाउँपालिका ३ झर्कदी निवासी अशोककुमार बगाले मगरको ६ वर्षीय छोरी सुअन बगालेको स्वास्थ्य उपचारको लागि २ लाख ५ हजार रुपैँया सहयोग गरेको हो ।
एनसेलले नारीका लागि ल्यायो विशेष ‘गो सिमः अघि बढौं’
एनसेलले नारीका लागि ल्यायो विशेष ‘गो सिमः अघि बढौं’ एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागिमात्र...
दसैँमा बैंक नखुल्ने
दसैँमा बैंक नखुल्ने कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैँ विदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादसैँका विदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समीक्षा
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समीक्षा जिल्लाको माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको कार्यक्रमको एक कार्यक्रमका बिच समीक्षा गरिएको हो ।
बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम
बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम बाली तथा पशुपंक्षी बीमा सम्बन्धी स्थानीय स्रोत व्यक्ति विकासका लागि अभिकर्ता लाई तालिम दिइएको छ । बीमा समितिको समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा तालिम सञ्चालन गरिएको हो ।
कर कार्यालय पाल्पामा कर्मचारीलाई कोरोना देखिएपछि सेवा स्थगित
कर कार्यालय पाल्पामा कर्मचारीलाई कोरोना देखिएपछि सेवा स्थगित करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा माथागढी गाउँपालिका ७ रहवासका विपन्न परिवारका लागि गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका रहबासका ८२ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको हो ।
Weather Update