Shittalpati
एनएमबि बैंकको ‘युवा डिजी सेभिङ’

पाल्पा (एजेन्सी), एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता एनएमबि युवा डिजी सेभिङ ल्याएको छ । बैंकले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता एनएमबि युवा डिजी सेभिङ ल्याएको हो । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुको साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नीच्यानल बैंकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधा सहित डिजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फण्ड ट्रान्सफर र वार्षिक १ हजार २ सय रुपैयाँसम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउने बैंकले जनाएको छ । यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएकोे छ । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । यसले नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update