Shittalpati
सुजल फुड्सको ‘फ्रेसो ब्रेथ’

पाल्पा(एजेन्सी), सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनीले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । फ्रेसो क्यान्डीले स्फुर्तिदायी ताजा स्वास प्रदान गर्नुको आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो । यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वास  भनेर प्रचार गरिएको छ । फ्रेसो ब्रेथले किशोर र युवावर्गबीचको रमाइलो र स्फुर्तिदायी क्षणहरु चित्रण गर्दछ । किशोर र युवावर्गहरु स्वभावले सामान्यता चञ्चले र रमाइलो स्वभावका हुन्छन् । फ्रेसो ब्रेथले युवावर्गबीचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको छ । यस विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डीको ताजा स्वास तथा आत्मविश्वासका कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ । किशोर र युवालाई लक्षित गर्दै यो सन्देश विभिन्न मिडियामा, प्रसारण तथा सञ्चारका माध्यम जस्तै– डिजिटल बोर्डहरु, सामाजिक साइटहरु, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरुमार्फत राज्यभर विज्ञापन गरिएको छ । फ्रेसो क्यान्डी नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभानशाली हिस्सा भएको क्यान्डी हो । फ्रेसो क्याण्डी मेन्थालिप्टस फ्लेवर क्याण्डी हो । जसले स्फूर्तिदायी सास प्रदान गर्दछ र साथसाथै ताजगीभरि स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिन्छ । आर्कषक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले सास ताजा बनाउने र शीतलता प्रदान गर्नुको साथसाथै आत्म–विश्वास बढाउन पनि मद्दत गर्दछ ।

फ्रेसो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनमध्ये एक हो । सुजल फुड्स प्रालिको आइएसओ २२०००ः २०१८ प्रमाणित कम्पनी लक्ष्मी समूहको सहायक कम्पनी हो । यो ४८ वर्षदेखि निरन्तर सञ्चालनमा छ । फ्रेशो क्यान्डी कडा स्वच्छता नियमहरू र स्वास्थ्य मापदण्डहरू पछ्याएर अत्याधुनिक प्रविधिहरूका साथ योग्य कन्फेक्शनसहरू द्वारा उत्पादन गरिन्छ । फ्रेशो साथसाथै सुजल फुड्स प्रा. लि.ले नेपालको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो, क्रेभ इत्यादिहरु पनि उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update