सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
शुक्रबार, माघ २१, २०७८
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
बिहीबार, माघ २०, २०७८
सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
बैंकहरुको निक्षेप संकलन घट्यो
बुधबार, माघ १९, २०७८
पछिल्ला केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेप संकलन.३ अर्बले घटेको हो ।
निस्दीमा विद्यालयका कर्मचारीको सेवा वृद्धि
सोमबार, माघ १७, २०७८
पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिका भित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।
एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
सोमबार, माघ १७, २०७८
नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।
राष्ट्र बैंकले साढे १० करोड ब्याजमा लगानी गर्ने
आइतबार, माघ १६, २०७८
नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
नेपाल बैंकले गर्यो एनआरएन निक्षेप खाता सञ्चालन
शनिबार, माघ १५, २०७८
नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधा सहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
शुक्रबार, माघ १४, २०७८
स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपा·ता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताए ।
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर
बिहीबार, माघ १३, २०७८
राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर लागु गरेको हो । डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको छ ।
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग
बुधबार, माघ १२, २०७८
दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
आयआर्जनको माध्यम बन्यो हस्तकला
सोमबार, माघ १०, २०७८
सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’
सोमबार, माघ १०, २०७८
क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत
शनिबार, माघ ८, २०७८
तरलता अभावका कारण बैंकहरुको लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत देखिएको छ । कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्ने संकेत देखिएको हो ।


