Shittalpati
निस्दीमा विद्यालयका कर्मचारीको सेवा वृद्धि

पाल्पा (रामपुर), पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिका भित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।

गाउँसभाले विद्यालय सञ्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो । माध्यमिक विद्यालयमा कार्यरत लेखापालको तलव मासिक १६ हजार रुपैयाँ र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको १५ हजार ४ सय रुपैयाँ पुर्‍याइएको छ । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका कार्यालय सहयोगीको १५ हजार रुपैयाँ र कक्षा १ देखि ५ सम्मकाको १५ हजार १ सय रुपैयाँ तलब कायम गरेको छ । यसैगरी कक्षा १ देखि ८ सम्मका विद्यालयमा कार्यरत कार्यालय सहयोगीको १५ हजार २ सय रुपैयाँ र १२ कक्षासम्मका विद्यालयमा कार्यरतको तलब १५ हजार ३ सय रुपैयाँ पुर्‍याइएको छ ।

शिक्षक, पत्रकार र कर्मचारी सम्मानित :

गाउँसभाले शिक्षक, पत्रकार र कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा जनता मावि निस्दी, गल्धाका गीमबहादुर जर्घा, मित्याल आधारभूत विद्यालय निस्दी, मित्यालकी तम्सरी खाम्चा, जीवनज्योती आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्रसिंह आले लगायत रहेका छन् । उनीलाई जनही १० हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । -रासस

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update