Shittalpati
नेपाल बैंकले गर्‍यो एनआरएन निक्षेप खाता सञ्चालन

पाल्पा, नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधा सहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिइने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमश ४.५ प्रतिशत र ५ प्रतिशत दिइने छ । अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक ब्याजदर दिने व्यवस्था गरिएको छ । बचत तथा मुद्दती खातामा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ । एनआरएन खाता गैर–आवासीय नेपालीहरुले एकल तथा संयुक्त रुपमा तथा गैर आवासीय नेपालीबाट प्रवर्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिने छ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ । साथै, बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने छ भने मुद्दती खाता कम्तिमा १ वर्ष वा सो भन्दा बढी अवधिको लागि खोल्न सकिनेछ ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update