गरिमाले लाभग्राहीलाई दिने भयो १६ प्रतिशत लाभांश
शुक्रबार, पुस २३, २०७८
राष्ट्रिय वाणिज्य बैंकको ‘खल्ती’ एप
बिहीबार, पुस २२, २०७८
राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । बैंकले प्रयोगकर्ताहरूलाई सेवा दिन नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’सँग साझेदारी सम्झौता गरेसँगै ग्राहकले यो सेवा पाएका हुन् ।
मुक्तिनाथ बैंकका एकैसाथ ३२ शाखाको उद्घाटन
बुधबार, पुस २१, २०७८
मुक्तिनाथ विकास बैंक लिमिटेडले एकै साथ ३२ वटा शाखाको उद्घाटन गरेको छ । बंैंकले आफ्नो १६औं वर्षमा प्रवेशको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो ।
पाल्पाका घिमिरे बने सूर्या लाइफमा एक घण्टामै एमडिआरटी
सोमबार, पुस १९, २०७८
सूर्या लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै एमडिआरटी बनेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलाबास निवासी घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिई दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका हुन् ।
साना किसान कृषि सहकारीको साधारण सभा
सोमबार, पुस १९, २०७८
जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा रहेको भविष्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेडले साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बीच तेस्रो साधारण सभा मनाएको हो ।
मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा
शनिबार, पुस १७, २०७८
मेगा बैंक नेपाल लिमिटेडले अत्याधुनिक मोबाइल बैंकि· सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट तथा क्यासब्याक
शुक्रबार, पुस १६, २०७८
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको हो ।
वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने
बुधबार, पुस १४, २०७८
राष्ट्रिय वाणिज्य बैंकलेराष्ट्रिय परीक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठर बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
न्युरेलाई गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको आर्थिक सहयोग
शनिबार, पुस १०, २०७८
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले आवद्ध मुसिकोट नगरपालिका ८ गुल्मी निवासी बालकृष्ण न्युरेको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग गरेको छ । शुक्रबार विरामी न्यूरेलाई १ लाख ११ हजार १ सय ५९ रुपैयाँको नगद चेक सहयोग रकम गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधित्व गदै प्रतिनिधि रामकृष्ण कंडेलले न्यूरेलाई हस्तान्तरण गरेका थिए ।
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी
बिहीबार, पुस ८, २०७८
तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कोभिड–१९ को सक्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा दुई करोड ६८ लाख ८५ हजार रूपैयाँ संकलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख...
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
बिहीबार, पुस ८, २०७८
नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।
अबको यात्रा निर्वाचन
मंगलबार, पुस ६, २०७८
मुलुकका राजनैतिक दलहरु विभिन्न तहका निर्वाचनको लागि तयारमा लागेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका ठूला दलहरुले आ–आफ्ना महाधिवेशन सकेपछि निर्वाचन आयोगमा पार्टी नविकरणसँगै नेपालमा सबै तहका निर्वाचनका गृहकार्य शुभारम्भ भएको आभास हुने विश्वास गरिएको छ ।
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा
मंगलबार, पुस ६, २०७८
मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।


