Shittalpati
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको बुधबार शिलान्यास गरिएको छ ।
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा सानिमा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८० औं शाखा रुपन्देहीको भलवारीमा विस्तार गरेको हो ।
गुल्मीदरबार गाउँ सरकारले गर्‍यो वार्षिक प्रगतिको समीक्षा
गुल्मीदरबार गाउँ सरकारले गर्‍यो वार्षिक प्रगतिको समीक्षा जिल्लाको गुल्मीदरबार गाउँ सरकारले वार्षिक प्रगति समीक्षा गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा गरेको हो ।
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको...
नेपालमा कोरोना बिमा गर्ने बढे
नेपालमा कोरोना बिमा गर्ने बढे नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु पनि बढेका छन् । कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै सरकारले बिमा नीति ल्याएको र संक्रमणको दर बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु ह्वात्तै बढेका हुन् ।
प्रदेश पाँचमा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क
प्रदेश पाँचमा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क प्रदेश पाँच सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
मिर्गाैला पिडित युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग
मिर्गाैला पिडित युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग जिल्लाको मिर्गौला पीडित एक युवतीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रेसुङ्गा नगरपालिका १० की २१ वर्षीया मिर्गौला पीडित अञ्जु बस्नेतलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।
बैंकका कर्मचारी सहित अग्र भागमा काम गर्नेहरुको परीक्षण
बैंकका कर्मचारी सहित अग्र भागमा काम गर्नेहरुको परीक्षण जिल्लाको माथागढी गाउँपालिकाले बैंकका कर्मचारी सहित अग्र भागमा रहेका काम गर्नेहरुको पिसिआर परीक्षण गरेको छ । कोरोना महामारीका बेला अग्र भागमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सार्वजनिक यातायातका गाडी चालकहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरुको...
कोरोनाको महामारीका कारण ह्वात्तै बढ्यो विद्युतीय कारोबार
कोरोनाको महामारीका कारण ह्वात्तै बढ्यो विद्युतीय कारोबार कोरोना महामारीका कारण विद्युतीय कारोबार तर्फ आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणको बढ्दो प्रयोगले केही महिना यता विद्युतीय भुक्तानीको कारोबार बढेको जनाएको छ ।
पाल्पामा पीसीआर मेसिन जडानका लागि एक करोड रकम निकासा
पाल्पामा पीसीआर मेसिन जडानका लागि एक करोड रकम निकासा जिल्लामा पीसीआर मेसिन जडानका लागि आवश्यक रकम निकासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) को पीसीआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै मेशिन खरिद गर्न सक्ने गरी एक करोड रकम निकासा भएको हो ।
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता
लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता कोरोना महामारीको संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए ।
रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना
रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।
Weather Update