Shittalpati
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान

पाल्पा, नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ्ग वित्तीय साक्षरता अभियान सञ्चालन गरेको हो । उसले विशेष गरी शैक्षिक संघसंस्थाहरुमा यो कार्यक्रम गरेको छ ।

बैंकले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, रूपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस, पर्रोहा बहुमुखी क्याम्पस लगायत लुम्बिनी प्रदेशका विद्यालय, क्याम्पसहरुमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा डिजिटल बैकिङ्ग बारे जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउनुका साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका ३३ शाखाहरू मार्फत उक्त कार्यक्रमहरू सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बंैकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बंैकिङ्ग, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्ग विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो । सो कार्यक्रम क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update