Shittalpati
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग

गुल्मी (वामी), गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङ्गकी मृगौला पीडित १९ वर्षीया मुना सुनारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो(टोकियो)ले सुनारको उपचारका लागि ५ लाख ३५ हजार सहयोग गरेको हो ।

गलकोट नगरपालिका १० पाण्डवखानी सुनपानी (धाँर) मा बसी पाण्डवखानी मा.वि. कक्षा १२ मा अध्ययनरत सुनारको आर्थिक अवस्था नाजुक भएकाले उपचारमा समस्या भएपछि समाजले रकम सहयोग गरेको छ । उनका दुबै मृगौला फेल भई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

आर्थिक अभावमा उपचारमा समस्या भएपछि जीवन रक्षाका लागि गलकोट समाजले सुनारको परिवारलाई हालसम्म संकलित रकम एक औपचारिक कार्यक्रमका बिच उपलब्ध गराएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, शिक्षाप्रेमी, पत्रकार तथा समाजका अगुवाहरूको विशेष उपस्थितिमा समाजका उपाध्यक्ष समाजसेवी व्यक्तित्व हिमाल कँडेलको हातबाट विरामीको आमा र दाइलाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण गर्दै समाजका उपाध्यक्ष कँडेलले यो हाम्रो सानो सहयोग र सहभागीता मात्र हो आगामीदिनमा अझ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजले पीडित प्रति देखाएको सहयोग र सद्भाव प्रशसंनिय रहेको पाण्डबखानी माविका प्रध्यानापक नवीन सुनारले बताए । –कौरव खत्रीबाट

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update