Shittalpati
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना

पाल्पा, एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूलाई लक्षित गरी विशेष योजना ल्याएको छ । व्यवसायी विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने गरी एनसेलले प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना ल्याएको हो ।

कम्पनीले सञ्चार सेवाको आवश्यकता सम्बोधन गर्न यो योजना ल्याएको हो । यसबाट लक्षित समूहले व्यवसाय विस्तार गर्नमा महत्वपूर्ण टेवा पुग्नेमा एनसेल विश्वस्त छ । यो योजनामा मासिक रूपमा कुनै निश्चित रकम तिर्नुपर्ने बाध्यता नरहने र सहजै प्रिपेड सेवा लिन सकिने सेवा प्रदायकले जनाएको छ । योजनाको लाभ लिनेले कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल लगायत विशेषताको फाइदा उठाउन सक्ने छन् ।

ग्राहकले बोनस डेटा पाउने सुविधा पनि रहेको र रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको एनसेलले जानकारी दिएको छ । ‘अन थिम’ अन्तर्गत शुक्रबार बाट लागू हुनेगरी यो योजना ल्याइएको र ग्राहकहरूले सरल रूपमा प्रचलित प्रिपेड सेवामा जस्तै यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात् कार्यलयका साथीहरूसँग करसहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्ने पनि कम्पनीले जनाएको छ । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवापनि कर सहितमात्र १.३० रुपैयाँ प्रति मिनेटमा उपलब्ध हुने जानकारी दिइएको छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा १.३० रुपैयाँ प्रतिएमबी र पेजी एसएमएस सेवा पनि समान दररेटमा पाउने छन् । ग्राहकले एकपटक मात्र करसहित १५० रुपैयाँमा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्ने छन् । यो प्लान सुचारु भएपछि ग्राहकले ३५ रुपैयाँ मेन ब्यालेन्ससहित सात दिनको समयसीमा रहेको ५ सय एमबी डेटा पनि प्राप्त गर्ने छन् । साथै, ३० दिनसम्म २ सय रुपैयाँको रिचार्ज गरेमा ग्राहकले सात दिनको समयसीमा रहेको एक जीबी डेटा पनि प्राप्त गर्ने एनसेलले जानकारी दिएको छ । अन्य सुविधाअन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरू पनि खरिद गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update