Shittalpati
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित

पाल्पा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले रुपन्देहीमा भएको १३ औं वार्षिक साधारण मार्फत १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update