Shittalpati
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग

तानसेन, जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई आर्थिक सहयोग गरेका छन् । बाजेले तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई एक लाख आर्थिक सहयोग गरेका हुन् ।

उनले एक औपचारिक कार्यक्रमका बिच उक्त सहयोग रकम अर्याललाई हस्तान्तरण गरेका छन् । कैलाशनगर महिला टोलविकास संस्थाको समन्वय र वडा कार्यालयको सिफारिसमा उक्त सहयोग प्राप्त भएको वडा अध्यक्ष राम बहादुर रावलले बताए ।

उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेकोमा काकिमीलाई धन्यवाद दिए । अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको भन्दै उनले ओके बाजेबाट अरुले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए । १ का वडा अध्यक्ष रामप्रसाद बस्यालले ओके बाजेले गरेको सहयोग आफैमा अनुकरणीय रहेको बताए । जापानी समाजसेवी काकिमीले पाल्पाको शिक्षा, स्वास्थ्य तथा खानेपानीको विकासमा नागरिकको पहुँच विस्तार गर्नमा महत्वपूर्ण सहयोग गर्दै आएका छन् । वडा अध्यक्ष राम बहादुर रावलको अध्यक्षता, महिला टोल विकास संस्थाकी अध्यक्ष इच्छा लिगलको स्वागत र मालती पौडेलको सञ्चालनमा रकम हस्तान्तरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update