Shittalpati
वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकलेराष्ट्रिय परीक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठर बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार दुई वर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा बैंकले अधिकतम १५ लाख रुपैयाँसम्म सरल कर्जा प्रवाह गर्नेछ । यस्तो कर्जा उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमारही प्रवाह गर्ने बैंकले जनाएको छ । सरल कर्जामा बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.५१ प्रतिशत रहेको छ । सम्झौता अनुसार बोर्डको कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई बोर्डका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने बैंकले विश्वास गरेको छ । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले विद्यार्थीहरुले बोर्डलाई बुझाउने शुल्कहरुलाई समेत डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुबै संस्था मिलेर अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update