Shittalpati
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।

सम्झौता अन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुने बताइएको छ । दराजले चाँडैै नै १ सयभन्दा बढी नबिल स्मार्टपोस मार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने भएको छ । आइमार्कले बैंकलाई ४ हजार भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्ने बैंकको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update