Shittalpati
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा

गुल्मी, मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।

शाखा रहित बैकिङ्ग सेवाको एक कार्यक्रमका बीच मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले उद्घाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै नगर प्रमुख सापकोटाले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंक आएको बताए । सामाजिक सुरक्षा भत्ता ७५ वर्षका माथिकालाई घरमै पुगेर वितरण गर्न आग्रह गरे । उनले नगरपालिका वासीलाई बचत गर्ने बानीको विकास गर्न जोड दिए । प्रत्येक नागरिकले एक सय रुपैयाँ कमाउदा एक रुपैयाँ बचत गर्नुपर्ने बताए । बचत गरिएन भने पछि आफैलाई आफ्ठ्यारो परेको बेला झनै संकट आइपर्ने नगरप्रमुख सापकोटाको भनाई छ । उनले एक घरका एक जना भएपनि खाता खोल्न आग्रह गरे । मुसिकोट नगरपालिकाले दिने सेवा पनि यसै बैंकबाट दिने सापकोटाले बताए । ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुँच प्रदान गर्नको लागि शाखा रहित बैकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए । शाखा रहित सेवा बिस्तारमा विभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
–पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update