Shittalpati
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी

पाल्पा, तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कोभिड–१९ को सक्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा दुई करोड ६८ लाख ८५ हजार रूपैयाँ संकलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख मधुसुदन घर्तीले बताए । शाखा प्रमुख घर्तीका अनुसार पछिल्ला वर्ष नौ करोड पुर्‍याउने लक्ष्य रहे पनि कोरोनाले राजस्व संकलनमा प्रभावित भएको हो ।

नगरपालिकामा जनप्रतिनिधि आएपछि झण्डै ठूलो मात्रामा राजस्वमा वृद्धि भएको हो । नगरपालिकाले १८ शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । राजस्व संकलन गर्न सचेतना अभियान नै सञ्चालन गरिएका थियो । नगरपालिकाले सम्पत्ति, भूमि, घरबहाल, बहाल विटौरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने, अन्य मनोरञ्जन, व्यवसाय कर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त रकम, अन्य विक्रीबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ । त्यसैगरी अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ । नगरपालिकाले आन्तरिकरुपमा चार करोड ४६ लाख ७७ हजार ६ सय १५ रूपैयाँ राजस्व प्राप्ति भएको शाखा प्रमुख घर्तीले बताए । राजस्व बाँडफाँटबाट एक करोड २८ लाख ६६ हजार ४ सय ५७ रूपैयाँ प्राप्त गरेको थियो । आव २०७६/७५ मा पाँच करोड ७८ हजार रूपैयाँ राजस्व प्राप्ति भएको थियो । –रासस

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update