Shittalpati
न्युरेलाई गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको आर्थिक सहयोग

गुल्मी, गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले आवद्ध मुसिकोट नगरपालिका ८ गुल्मी निवासी बालकृष्ण न्युरेको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग गरेको छ । शुक्रबार विरामी न्यूरेलाई १ लाख ११ हजार १ सय ५९ रुपैयाँको नगद चेक सहयोग रकम गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधित्व गदै प्रतिनिधि रामकृष्ण कंडेलले न्यूरेलाई हस्तान्तरण गरेका थिए ।

सहयोग रकमको चेक ग्रहण गर्दै ३७ वर्षीय फोक्सोको गम्भीर बिरामी बालकृष्ण न्युरेले आफूलाई आर्थिक सहयोग गर्ने गुल्मी समाज भिक्टोरिया एंव सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद दिए । गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया मार्फत अस्ट्रेलियामा विभिन्न पेशा व्यवसाय गदै आएका १८ जना गुल्मेलीहरुबाट १ लाख ११ हजार १ सय ५९ रुपैयाँ आर्थिक संकलन गरी विरामी न्यूरेलाई पठाएको गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका अध्यक्ष माधव खरेलले जानकारी दिए । गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले आफ्नो स्थापना कालदेखि नै निरन्तर आफ्नो जन्मभूमीप्रति आफूले सक्दो सहयोग गदै आइरहेको र भावी दिनमा गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया अझ सक्रियताका साथ सामाजिक क्षेत्रमा सहयोग एंव सेवा अगाडि बढ्ने गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका अध्यक्ष खरेलले जानकारी दिए । आर्थिक सहयोग संकलन कार्यमा गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया संस्थापक अध्यक्ष जनक गौतम, गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया सह–कोषाध्यक्ष टंक कंडेलको विशेष पहल रहेको अध्यक्ष खरेलले जानकारी दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा ज्ञानहरी सापकोटा, भिमसेन केसी, सुमन रायमाझी, सागर खत्री, खडानन्द कंडेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update