Shittalpati
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट तथा क्यासब्याक

काठमाडौं, ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको हो ।

बैंकले पुष १५ गतेबाट माघ १५ गतेसम्म १ महिना मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने जनाएको छ । ग्राहकहरुलाई थप छुटमा पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा ३ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने जनाएको छ । पुष १७ गते देखि लागु हुने क्यासब्याक योजना सिमित अवधिका लागि रहने छ । बैंकि सेवाको पहुँच सबतिर पुर्‍याउने उद्देश्यले ग्लोबल आइएमईले ७६ जिल्लामा बैंकको २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update