Shittalpati
बैंकहरुको निक्षेप संकलन घट्यो

पाल्पा, पछिल्ला केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेप संकलन.३ अर्बले घटेको हो । शुक्रबार र आइतबारको बीचमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ३ अर्बले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । शुक्रबारसम्म ४८ खर्ब ७२ अर्ब निक्षेप संकलन भएकोमा आइतबारसम्म घटेर निक्षेप संकलन ४८ खर्ब ६९ अर्बमा झरेको छ । यो बीचमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २ अर्बले घटेको छ ।

शुक्रबारसम्म वाणिज्य बैंकको निक्षेप संकलन ४३ खर्ब ८ अर्ब थियो । आइतबार घटेर निक्षेप संकलन ४३ खर्ब ६ अर्ब कायम भएको छ । जसको कारणले कर्जा र निक्षेप बीचको अनुपात बढेको छ । उक्त अनुपात १४ गतेको तुलनामा शून्य दशमलव शून्य ४ विन्दुले बढको छ । माघ १४ गतेसम्म ९० दशमलव २९ प्रतिशत रहेको अनुपात एकै दिनमा वृद्धि भएर माघ १६ गते ९० दशमलव ३३ प्रतिशत कायम भएको हो । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन पनि १ अर्बले घटेको छ । निक्षेपको संकलन घटेपनि कर्जा प्रवाह भने स्थिर देखिएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुमार्फत ४६ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । आइतबारसम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ४८ अर्ब रहेको छ । माघ १२ र १३ गतेको बीचमा बैंक तथा वित्तीय संस्थाहरुमा ७ अर्ब निक्षेप थपिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update