Shittalpati
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत

पाल्पा, तरलता अभावका कारण बैंकहरुको लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत देखिएको छ । कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्ने संकेत देखिएको हो ।
बैंकहरूले त्रैमासिक तथा अर्धवार्षिक तथा वार्षिक रूपमा खाताबन्दी गर्दा व्यक्तिगत तथा संस्थागत ऋणीका नाममा ओभरड्राफ्ट लगायत शीर्षकमा थप कर्जा दिएर पुरानो ऋणको साँवा र ब्याज असुल गर्ने गरेका थिए । तर, चालू आवको पुस मसान्तमा (दोस्रो त्रैमासिकको) खाताबन्दीमा भने तरलता अभाव भएपछि अघिल्ला त्रैमासिकको खाताबन्दीमा भन्दा कर्जा विस्तार घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्षको पुसमा वाणिज्य बैंकहरूको कर्जा ५९ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ ।

पहिलो त्रैमासिक (असोज मसान्त) मा भने खाताबन्दी गर्दा १ महिनामै वाणिज्य बैंकले १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । बैंकहरूको कर्जा विस्तार प्रभावित भएसँगै पुरानो ऋणको ब्याज र साँवा तथा ब्याजको असुलीमा प्रभाव पर्न थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले ओभरड्राफ्ट मार्फत कर्जाको साँवा तथा ब्याज असुलउपर गर्न पाउने व्यवस्था छ । तर, बैंकहरूले किस्ता असुल गर्न ओभरड्राफ्टको सीमाभन्दा बढी कर्जा दिन नपाउने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update