Shittalpati
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

काठमाडौं, सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ दाबी भुक्तानी गरेको हो ।

यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत नौ करोड ७१ लाख ७२ हजार ४ सय १३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १ सय ८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत एक करोड ८६ लाख ३० हजार १ सय ४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । हालसम्म १२ अर्ब ७६ करोड योगादन रकम संकलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४ सय ७८ रोजगारदाता र तीन लाख ८ हजार ९ सय ७८ योगदानकर्ता आवद्ध भएका छन् । बागमतीबाट ११ हजार २ सय ६६, प्रदेश नं १ बाट एक हजार ८ सय ३०, लुम्बिनीबाट एक हजार ४ सय ७, गण्डकीबाट ७ सय ५९, मधेसबाट ७ सय ३८, सुदूरपश्चिमबाट २ सय ३८ र कर्णाली प्रदेशबाट २ सय १० रोजगारदाता आवद्ध भएका छन् । कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ३२ हजार ३ सय ३५, प्रदेश नं १ बाट ३१ हजार ८ सय २०, मधेस प्रदेशबाट १८ हजार १ सय ८२, गण्डकीबाट १२ हजार ७ सय ६२, लुम्बिनीबाट ११ हजार ६ सय ६७, सुदूरपश्चिमबाट एक हजार २ सय ३३ र कर्णालीबाट ९ सय ८८ योगदानकर्ता सूचीकृत भएका छन् । –रासस

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update