Shittalpati
एनसेलले ल्यायो अल टाइम डेटा प्याक

पाल्पा, एनसेल आजियाटा लिमिटेडले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै नयाँ अल टाइम डेटा प्याक योजना ल्याएको हो । यो योजना मंगलबारदेखि सञ्चालनमा आएको छ । नयाँ अल टाइम डेटा प्याकमा सात दिनको अवधिमा पाँच जीबी अल टाइम डेटा १ सय २५ मा शुरू गर्न सकिनेछ । यससँगै नन्स्टप युट्युब अफर अन्तर्गत अल टाइम डेटा प्याकको भोलुम पनि उही शुल्कमा दोब्बर पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र १ सय ४७ रुपैयाँमा ७ दिनको समय सीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५ सय एमबी डेटा र युट्युबमा नन्स्टप पहुँच पाउने छन् । दुई जीबी अल टाइम डेटा प्याकको भोल्युम बढेर ४ जीबी भएको कम्पनीले जनाएको छ । पहिला ग्राहकले यस युट्युब प्याकमा यही मूल्यमा दुई जीबी अल टाइम डेटा पाउँदै आएका थिए भने अब यो भोलुम बढेर चार जीबी भएको हो । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक सञ्चालन गर्न सक्छन् ।

त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५ सय एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ Þयास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update