Shittalpati
रिब्दीकोट गाउँ सरकारद्वारा दीर्घरोगीलाई आर्थिक सहयोग

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गाैला तथा क्यान्सर पीडित व्यक्तिका लागि पालिकाले यातायात खर्च वापत छ हजार नगद सहयोग गर्दै आएको हो ।

गाउँपालिकाले मुटुरोगी २१, मिर्गाैलारोगी १९, क्यान्सर पीडित १५ गरी कूल ५५ र अर्थाभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ । जुन कोषबाट विपन्न परिवारका नागरिकले एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ । गाउँपालिका भित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सर पीडित बिरामीका उपचारमा सहयोग स्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । रिब्दीकोट गाउँपालिका अध्यक्ष जिसीले गाउँपालिका भित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको बताए । –रासस

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update