Shittalpati
यामाहा एमटी–१५ बीएस ०६ को माग बढ्दो

पाल्पा, नेपालमा यामाहा एमटी–१५ बीएस ०६ को माग अत्याधि रुपमा बढ्दै गएको जनाइएको छ । नयाँ पुस्ताले यामाहाको यो बाइक अत्यन्त रुचाएको कम्पनीले दावी गर्दे आएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले रहेको छ । सुरुवाती दिनहरूदेखि नै आफ्नो पहिलो ‘एमटी–०१’ सँगै यामाहाले विश्वव्यापी प्रशंसा बटुल्दै आइरहेको कम्पनीले बताएको छ ।

‘एमटी’ यानिकि मास्टर अफ टोर्क जो ‘वाइल्ड डि जाइन’ र ‘र टोर्क’ को समि श्रण हो, एमटीका लागि नेपालमा यो बढ्दो क्रेज नयाँ भने होइन । विश्वमै न्याकेड बाइकको बजारमा एमटीले ठूलो चर्चा पाउँदै आएको कम्पनीको भनाइ छ । एमटी–१५, ‘प्योर व्रीड हाइपर नेकेड’ बाइक हो, जो एमटी स्टेबलबाट सबैभन्दा गतिशील र कम वजन भएको बाइक हो । एमटी–१५, यसको टोर्क र एजिलिटीको ब्यालेन्स पोस्चर र सिंगल च्यानल एबीएसका लागि प्रख्यात छ । यस हाइपर नेकेड बाइकले राइडरले खोजेको रोमाञ्चकता मात्र प्रदान नगरेर राइडरमा एक प्रकारको आत्मविश्वास समेत जगाउँने कम्पनीले विश्वास लिएको छ ।

यामाहाको यस नेकेड एमटी–१५, १ सय ५५ सीसी पहिलेदेखि नै बलियो थियो, अब बीएस–०६ कम्प्लायन्ट इन्जिनको साथ कयौं बिशेषताहरूसँग ल्याइएको छ । विशिष्ट ‘इसियू मोडल’, सक्रिय प्रवेगका लागि ‘भीभीए इन्जिन’, सहरमा छिट्टो राइडिङका लागि ‘अप्टिमाइज्ड सेकेन्डरी रिडक्सन गियर रेसियो’, सहज गियर सिफ्टका लागि ‘एएस क्लच’, मोटार्ड जस्तो राइडिङ पोजिसन जसले राइडरलाई अत्याधिक सहजताको प्रत्याभतू गराउँदछ, उत्कृष्ट स्टपिङ पावरका लागि सिंगल च्यानल एबीएस सहितको २ सय ८२ एमएम फ्रन्ट डिस्क जस्ता उत्कृष्ट विशषेताहरूले एमटीमा थप आकर्षण थपेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update