Shittalpati
सुनको मूल्य प्रतितोला एक लाख नजिक

काठमाडौं, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय ले बढेर ९९ हजार ९ सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ५ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३ सय ८० कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ३५ डलर आसपास कारोबार भइरहेको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update