Shittalpati
आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ सम्झौता

पाल्पा (एजेन्सी), नेपालको अग्रणी अनलाइनबजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ । उक्त योजना का लागि डिजिटल वालेट आइएमई पे र इ–कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । हरेक आइतबार दराज वालेट डे आयोजना हुने र आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने जनाइएको छ ।

प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३ सय ५० र ५ सय रुपैयाँसम्म) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । सम्झौतामा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् । आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक बस्नेतले पुरानो र नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गरेको बताए ।

यस्तै, दराजका भुक्तानी र साझेदारी प्रमुख फुँयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा लिन सकिने बताए । उनले भने ‘आइएमई पेसँग साझेदारी गरि आइएमई पे डे घोषणा गर्न पाएकोमा हामी धेरै उत्साहित छौं, यस साझेदारीको मुख्य उद्देश्य भने ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि थप कारणहरू प्रदान गर्नुको साथै नेपाली इ–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्नु हो ।’ ग्राहकहरूले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भौचरहरू दराज एप वा वेबसाइट मार्फत संकलन गर्नुपर्छ । संकलित भौउचरहरू चेकआउटको समयमा स्वतःलागू हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update