सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्यो श्रमिकहरुलाई सम्मान
सोमबार, माघ २६, २०७७
सात जुवाडे पक्राउ
सोमबार, माघ २६, २०७७
तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल,...
पाल्पामा फर्निचर उद्योगमा आगोलागी
सोमबार, माघ २६, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगोलागी भएको हो ।
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा
सोमबार, माघ २६, २०७७
केही समय अघि महिला सिडियो (प्रमुख जिल्ला अधिकारी)का रुपमा गुल्मी आएकी रुद्रादेवी शर्मा न्यानो कपडा लिएर वृद्धाश्रम पुगेकी छन् । जिल्लामा अत्याधिक चिसो बढेपछि जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका नागरिकहरुलाई चिसोबाट बचाउन प्रजिअ शर्मा न्यानो कपडा लिएर आश्रममा पुगेकी हुन् ।
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
सोमबार, माघ २६, २०७७
माथागढी गाउँ सरकारले पशुसेवा समन्वय इकाईका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ८ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो ।
प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
आइतबार, माघ २५, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नं. १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा बस्ने जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा स्वरुप कम्बल वितरण गरिएको हो ।
पेशाकर्मी र श्रमिकहरु सडकमा
आइतबार, माघ २५, २०७७
संसद् विघटनपछि राजनीतिक बजार चल्मलाएको छ । महिना दिनदेखि निरन्तरजसो सत्तापक्ष र विपक्षी दलको सडक संघर्षले यति बेला राजनीतिक बजार चल्मलाएको हो । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई दलहरूले आ–आफ्नै तर्क लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन
शनिबार, माघ २४, २०७७
प्रतिनिधिसभा विघटन विरुद्ध पाल्पामा पनि नेपाली काँग्रेसका शुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार नेपाल ट्रे्ड युनियन कांग्रेस पाल्पाको नेतृत्वमा भएको विरोध प्रदर्शन नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भई तानसेनको हुलाक चोकमा पुगेर समापन भएको थियो । कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन...
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट
शनिबार, माघ २४, २०७७
जिल्ला प्रहरी कार्यालय गुल्मीमा चालुआर्थिक वर्षको ६ महिनामा ५५ मुद्दा फस्यौट भएका छन् । कार्यालयमा साउनदेखि पुस मसान्तसम्ममा दर्ता हुन आएका १ सय ५५ वटा विभिन्न मुद्दा मध्ये ५५ वटा फस्यौट भएका हुन् ।
पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना
शुक्रबार, माघ २३, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह
बुधबार, माघ २१, २०७७
सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।


