Shittalpati
पाल्पामा फर्निचर उद्योगमा आगोलागी

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगोलागी भएको हो ।

आगोलागीबाट उद्योगमा पूर्णरूपमा क्षति पुगेको छ । उद्योगमा रहेका उपकरण, पूर्वाधार, काठ र तयारी अवस्थाका फर्निचरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलागीबाट नौं लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको उद्योगका सञ्चालक रजालीले प्रहरीलाई जानकारी दिएका छन् ।

विहान ४ः३० बजेको समयमा लागेको आगो ईलाका प्रहरी कार्यालय मुझुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक निरीक्षको कमाण्डमा गएको प्रहरी टोली र स्थानीयवासीले विहान ५ः५० बजे नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट (चुहावट) भएर आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट मानविय तथा चौपायको क्षती नभएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण पचभैया जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update