Shittalpati
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्‍यो श्रमिकहरुलाई सम्मान

कृष्ण पोखरेल
पाल्पा । सुशिल कोईराला सोसलिष्ट युर्थ सर्कल पाल्पामा सडकमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सम्मान गर्दै एक छाक निःशुल्क भोजन गराएको छ । नेपाली काँग्रेसका पूर्व सभापती एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठो स्मृती दिवसको अवसरमा सोसलिष्ट युथ सर्कल पाल्पाले तानसेनमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई एक कार्यक्रम गरी सम्मान गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापती एवं प्रदेश सभा सदस्य विर बहादुर रानाले श्रमिकहरुलाई खादा, ढाका टोपी, माक्स तथा खाना खाजाको प्याकेट वितरण गरेका थिए ।

श्रमिक सम्मान कार्यक्रममा नेपाली काँग्रेसका सभापती रानाले वर्तमान कम्युनिष्ट सरकारले श्रमिक, मजदुरहरुको पक्षमा कुनै काम गर्न नसकेको बताए । कम्युनिष्टको नाममा बनेको केपी ओली सरकारले जनताको नाममा भष्ट्रचार मात्र गरेको, संविधान विरोधी काम गरेको, संविधान च्यातेको, निरंकुश शासन चलाउदै आएको आरोप लगाए ।

गरीव मजदुर, श्रमजिवी पक्षको हितमा काम गर्ने भनि नेकपाले दुई तिहाई नजिक मत पाएपनि आफै भागवण्डा, पद सत्ताको लागि मात्र काम गर्दै जनताहरुलाई सडक सडकमै राखेको सभापती रानाले आरोप लगाए । नेपाली काँग्रेसकै नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानलाई सही बाटोमा ल्याउने काम पनि नेपाली काँग्रेसको भएको सभापती रानाले बताए । गरीव निमुखा श्रमजिवीहरुलाई नेपाली काँग्रेसले नै माथि उठाउने, उनीहरुको हकहितको विषयमा काम गर्ने सभापती रानाले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता माधव नेपाल, स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्यापसका पूर्व सभापती हरिवोल भट्टराई, नेविसंघका पूर्व केन्द्रिय सदस्य मोतिलाल भण्डारी, नेविसंघ पाल्पाका कार्यवाहक सभापती शुरेस बोहोरा, युर्थ सर्कल पाल्पाका प्रेस संयोजक सन्तोष गहतराज लगायतले शुसिल कोईराला मजदुर पृष्ठभुमीबाटै राजनेता भएको, गरिव, श्रमिक, मजदुरहरुको जीवनस्तर उकास्न, उनीहरुलाई राम्रो जीवनयापन गराउन, उनीहरुका मुद्दाहरुलाई सम्वोधन गर्न पाल्पामा पनि सुशिल कोइराला सोसलिष्ट युर्थ सर्कल गठन गरिएको बताए । युर्थ सर्कलका जिल्ला सभापति युवराज चन्द ठकुरीको सभापतित्व,उपाध्यक्ष विपना राणाको स्वागत, कोषाध्यक्ष श्रीषा बज्राचार्यको धन्यवाद, सह–सचिव विवेक भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update